४ मंसिर २०८३, शुक्रबार

कर्मचारीले नटेरेपछि कुलमानले जनतासँग मागे सहयोग! (अपीलसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन् ।

विहिबार एक सार्वजनिक सूचना जारी गर्दै उनले यदि मिटर रिडर (कर्मचारी) नआए आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका हुन् ।

मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा प्रहरीले बहालवाला कर्मचारी पक्राउ गर्न थालेपछि २४ सय कर्मचारीलाई सरुवा गरेका कुलमानले यसबाट दैनिक मिटर रिडिङ प्रभावित हुनसक्ने भन्दै आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन उपभोक्तालाई आग्रह गरेको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफैं मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन आउन आउन प्राधिकरणले अपील गरेको हो ।