३ कार्तिक २०८३, मंगलबार

नेपालमा लगानी गर्न भारतीय व्यापारीलाई आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, १३ माघ । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सिल्कन भ्याली, यूएसएस्थित उमा भेन्चरसको सहकार्यमा भारतीय लगानीकर्ता र व्यापारीसँगको छलफलमा नेपालमा लगानीको वातावरण बारेमा जानकारी दिएको छ ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा दूताबासले नेपालमा व्यापार गरिरहेका र गर्न चाहने भारतीयहरुलाई आमन्त्रित गरेको थियो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली बजारको बारेमा जानकारी गराउँदै नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका थिए ।

उनले नेपाली बजार सुधारोन्मुख दिसातिर गइरहेकाले भारतीय व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा कल्डरीसका कार्यकारी अधिकृत ईश मोहन गर्ग, इन्डिया एन्टरनेट कम्पनीका अनिरुद्र सुरी, व्यापारी, उद्यगीहरुले आ–आफ्नो विचार राखेका थिए ।

नेपालमा व्यापार गरिराखेका उद्यमी वा नेपाली बजारको अध्ययन गरेको विश्लेषक लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।