४ मंसिर २०८३, शुक्रबार

पूर्वराजाबारे बोल्दा फेरि फसे बाबुराम, यस्तो आयो भुषण दाहालको चोटिलो प्रहार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व राजाबारे गरेको पछिल्लो टिप्पणीका कारण विवादमा तानिएका छन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति निकाल्दा आत्तिएर जेल हाल्नुपर्छ सम्म भनेका बाबुरामले भर्खरै सहिद दिवसको अवसर पारेर सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजा त्रिभुवनबारे पनि विवादास्पद टिप्पणी गरेपछि आलोचनाको शिकार बनेका हुन् ।

पछिल्लोपटक बाबुरामको ट्वीटप्रति पत्रकार भुषण दाहालले गतिलो झटारो प्रहार गरेका छन् । बाबुरामले शहीदगेटमा राखिएको राजा त्रिभुवनको शालिक हटाएर शहीदहरुलाई मात्रै राखे कसो होला? भन्ने विषय पोष्ट गरेका थिए ।

बाबुरामको पोष्टको प्रतिउत्तरमा भुषण दाहालले लेखेका छन्– यहाँलाई अन्तै सम्मानित स्थानमा सारेर लायक युवाहरुलाई मात्र साच्चिकै नयाँ शक्तिमा राख्ने व्यवस्था गरे जस्तै होला ।’ यसलाई धेरैले ‘इटको जवाफ पत्थर’ले भन्ने टिप्पणी गरेका छन् ।