काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा प्रचार प्रसारले तीब्रता पाएको छ ।
अध्यक्षमा कमल थापा र पशुपति शम्शेर राणा भिड्ने पक्का सरह छ । दुबै शीर्ष नेताहरूले आ–आफ्नो प्रचार प्रसार थालेका छन् । अध्यक्षमा उम्मेदवारी दिने थापा र राणाले निकटकासँग भने पनि सार्वजनिक रुपमा केही भनेका छैनन् ।
पदाधिकारी र सदस्यहरूका आकंक्षीले पनि उम्मेदवारी दिने मुड बनाइ सकेका छन् । विशेष गरेर राप्रपामा हालकै केन्द्रीय कार्यसमितिमा रहेका नेताहरू नै यसपटक पनि हाबी हुने पक्का छ ।
यसै क्रममा केन्द्रीय कार्यसमितिका लागि कुनै एक पदमा उम्मेदवारी दिने मनस्थिति बनाएका सहप्रवक्ता किरण गिरीले कवितामार्फत आफ्नो उम्मेदवारीलाई बढावा दिएका छन् ।
…
राष्ट्रियता, प्रजातन्त्र, उदारवाद
नेपाली जनता जिन्दावाद
सबैले भन्छन् कमल दाई
चुनाव चिन्ह हाम्रो गाई
राष्ट्रियताको धरातलमा हिन्दूत्वको जगमा
हिमाल पहाड तराई
सबैले भन्छन् कमल दाई
चुनाव चिन्ह हाम्रो गाई
राजनीतिक स्थिरता, दिगो शान्ति र समृद्धि
नेपाली जनताको मुहार फेराई
सबैले भन्छन् कमल दाई
चुनाव चिन्ह हाम्रो गाई
– किरण गिरी











प्रतिक्रिया