काठमाडौं, १३ माघ । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने भएको छ ।
पद्मश्री पुरस्कार तेस्रो सर्वोच्च नागरिक सम्मान हो । यो पुरस्कार अनुराधासहित ३५ जनालाई दिइने घोषणा गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
गैरआवासीय भारतीयका रुपमा अनुराधासँगै एड्स अनुसन्धानकर्ता डा सुनिती सोलोमन र कलाकार इमरान खानले पद्मश्री सम्मान पाउनेछन् । नेपालकी अनुराधा सीएनएन हिरोसमेत हुन् ।
गणतन्त्र दिवसको अवसरमा भारतले सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको हो । यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई पनि प्रदान नगरिने भएको छ ।
दोस्रो सम्मान पद्म भने ७ जनालाई प्रदान गरिने भएको छ ।












प्रतिक्रिया