काठमाडौं, १२ माघ । साहित्यकार धुव्रप्रसाद गजुरेलले भूकम्पले भत्किएको ऐतिहासिक धरहरा पुर्ननिर्माणका लागी डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
सरकारले घोषणा गरेको ‘मेरो धरहरा– मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुर्ननिर्माण कोषमा जम्मा हुने गरि गजुरेलले १ लाख ५१ हजार १५१ रुपैयाँ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकम धरहरा पुर्ननिर्माण कोषको राष्ट्रिय बाणिज्य बैंक थापाथलीस्थित खातामा दाखिला गरिएको प्राधिकरणका सह प्रवक्ता डा. भिष्म भुसालले जानकारी दिनुभयो ।
गजुरेलले धरहरा पुननिर्माणमा सहयोग गर्न उक्त रकम ‘इतिहासमा बिक्रम संवत २०७२’ नामक कविता संग्रहको बिक्रिबाट संकलन गर्नुभएको थियो ।
















प्रतिक्रिया