काठमाडौं, १२ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय मार्सल सुरक्षा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनीति बनाएको दाबी गरेका छन् ।
रफत सञ्चार क्लबद्धारा बुधबार आयोजित साक्षात्कारमा अध्यक्ष बिजुक्छेंले विमान सुरक्षाको बहानामा सादा पोशाकका मार्सल खटाएर भारतले भबिष्यमा आफ्ना सेनाको सुरक्षा अवस्था देखाउदै नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति बनाएको बताए ।
अध्यक्ष बिजुक्छेंले स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर व्यवहारमा कुनै तयारी नगरेको आरोप लगाए । संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको बिजुक्छेंको भनाई छ ।












प्रतिक्रिया