२९ आश्विन २०८३, बिहिबार

३७ एसएसपीको सरुवा तथा पदस्थापना, खरेल भरतपूर पठाइए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-kharel

काठमाडौं, ३० भदौँ । ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा तथा हेरफेर भएको छ ।

प्रहरी प्रधान कार्यालयले रमेश खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपूर सरुवा गरेको छ ।

अर्का एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याएको छ ।

उत्तम कार्की भने महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा यथावत राखेको छ ।

अपराध महाशाखामा पनि पुष्कर कार्कीलाईनै कायम गरेको छ ।

भोगबहादुर थापाको अञ्चल प्रहरी कार्यालय कर्णली सरुवा भएको छ ।

त्यस्तै मिलन बस्नेतलाई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र सरुवा गरको छ । समेश प्रसाद फुँयाल अञ्चल प्रहरी कार्यालय ममाकाली सरुवा हुनुभएको छ ।

खरेलसँगै हेटक्वार्टले तानेका बिजयलाल कायस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कायम गरिएको छ ।

त्यस्तै यादवराज खनाललाई अख्तियारमा सरुवा गरिएको छ ।