२९ आश्विन २०८३, बिहिबार

रमेश खरेल चितवनमा सरुवा, एसएसपी कहाँ-कहाँ पुगे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-kharel

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीले ३७ जना एसएसपीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक एसएसपीहरुको सरुवा गरेको हो ।

काठमाडौंको प्रहरी प्रमुखबाट सरुवा गरिएका एसएसपी रमेश खरेल प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा भएका छन् । यसैगरी, पर्साका प्रहरी प्रमुख रहेका एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । खनाल खरेलका ब्याची हुन् । उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पाउने बताइएको छ ।

यता, महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा उत्तम कार्की र अपराध महाशाखामा पुष्कर कार्कीलाई यथावत राखिएको छ ।

प्रहरी प्रवक्ता गणेश केसी अन्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा छन् ।

को को एसएसपी कहाँ पुगे ? यहाँ क्लीक गर्नुहोस् ।