काठमाडौं, १२ माघ । हुँदा–हुँदै पतिको न्वारानसमेत पत्नीले गरिदिनुपर्ने दिन आयो ! श्रीमान् मन्त्रीका कारण मन्त्राणीलाई परेको सकस हो योचाहिँ ! कृषि राज्यमन्त्री राधिका तामाङले हालै मात्र त्यहाँ उनका छायाँमन्त्रीका रुपमा सक्रिय पति दिलबहादुरको न्वारन गरेकी छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
अबको पाँच दिनपछाडि अर्थात् आगामी ७ गते ३० तारिखसम्म रोम सहरमा बायोडाइभरसिटीसम्बन्धी गोष्टीको आयोजना हुँदैछ । ३० देखि ३ तारिखसम्म रोम सहरमा चल्ने उक्त गोष्ठीमा भाग लिन मन्त्रीसहितको एक टोली रोमको सयर गर्दै छ । उक्त गोष्टीमा राज्यमन्त्री तामाङ, योजना महाशाखाका सहसचिव योगेन्द्रकुमार कार्की, तोयानाथ जोशी त्यता जाने पक्कापक्की भयो । एकबारको जुनीमा मन्त्राणीको पछाडि लागेर छायाँमन्त्री दिलबहादुर पनि रोम जाने रहर देखाए । श्रीमानले देखाएको रहर श्रीमतीले पूरा गरिदिने विचार गरिन् ।
मन्त्रालयाबट भिसा अप्लाई गर्दा रोम जाने व्यक्तिको लिस्टमा मन्त्रीको पतिको रुपमा लिदबहादुरको पनि नाम पुग्यो, दूतावासमा । मन्त्रालयको कर्मचारीले नाम पठाउँदा मन्त्रीको पतिको नाम दिलबहादुर तामाङ लेखेर पठाएका थिए ।
त्यहीअनुसार दूतावासले दिलबहादुर तामाङकै नाममा भिसामा छाप लगाएर पठाइदियो । तर, आइलाग्यो अर्को आपत । दिलबहादुरको नागरिकतामा तामाङ थर नभएर स्याङ्तान छ ।
जनयुद्धमा आफ्नो पहिलो पति बितेपछि सिन्धुली घर भएका दिलबहादुर स्याङ्तानसँग राधिकाले दोस्रो विवाह गरेकी थिइन् । पछि दूतावाससँग अनुनय–विनय गरी तामाङ थरलाई सच्याएर स्याङतान नै बनाई पठाएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।












प्रतिक्रिया