४ मंसिर २०८३, शुक्रबार

प्रचण्डले भारतसामु आत्मसमर्पण गरे : विप्लव माओबादी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल (भारतीय हवाई सुरक्षा बल) राख्न दिएर भारतसामु आत्मसमर्पण गरेको आरोप लगाएको छ ।

विप्लव माओबादीले एयरमार्सल राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रघात गरेको विज्ञप्ति मार्फत आराप लगाएको छ ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्यन अधिकारीबीच हवाई ट्राफिक तथा नयाँ रुटबारेको दुई दिने बैठकले विमानस्थलमा एयरमार्सल बस्ने निर्णय गर्दा सरकार चुपचाप बसेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

यसअघि नभएको निर्णलयलाई प्रचण्डले आफूखुशी स्वीकृति दिएर राष्ट्रघात गरेको उल्लेख गरिएको छ । ‘भारतले २०६५ सालमा हिसिला यमी पर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव पठाएको थियो, उक्त प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल एक सार्वभौमिक देश भएकाले नेपालका सबै क्षेत्रको बलियो सुरक्षा दिने जिम्मेवारी नेपाल राज्यको भएपनि भारतीय सुरक्षा बललाई राख्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ । एयरमार्सललाई सुरक्षाको जिम्मा लगाउनु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठूलो अपमान भएको भनिएको छ ।