४ मंसिर २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र चिनियाँ विज्ञ लिबीच शिष्टाचार भेट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको सिचुआन विश्वविद्यालयका दक्षिण एसियाली अध्ययन संस्थानका डिन तथा तिब्बत तथा दक्षिण एसिया अनुसन्धान केन्द्रका निर्देशक प्राडा लि ताओले शिष्टाचार भेट गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको उक्त भेटमा चीन र नेपालबीचको दुईपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिद्वारा अगाडि सारिएको ‘वान बेल्ट वान रोड’ परियोजना तथा दुई देशका विज्ञ तथा विशेषज्ञहरुबीच सहयोग आदान–प्रदान सम्बन्धमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष ओलीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सुमधुर र समस्यारहित रहेको, नेपाल चीनले गरिरहेको तीव्र आर्थिक विकासबाट नेपालले लाभान्वित हुन चाहिरहेको र यसका लागि आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र बहुआयामिक बनाउँदै लैजानु पर्नेमा विशेष जोड दिनुभएको थियो ।