एजेन्सी । स्वीडेनमा एक महिलामाथि एक हतियारधारी समूहले सामूहिक बलात्कार गरेका छन् । उनीहरुले बलात्कार गरको भिडियो फेसबुकमा लाईभ अपडेट गरेको पनि देखिएको थियो ।
तर, अहिले त्यो भिडियोलाई बन्द गरिएको छ । बलात्कार भइरहेका बेला कसैले खबर गरेपछि प्रहरी सो ठाउँमा तुरुन्तै पुगेको थियो । बलात्कारको आरोपमा तीन जनालाई पक्राउ समेत गरिएको छ ।

सो फेसबुक समूहमा हजारौं सदस्य रहेको खुलेको छ । प्रहरीले १९ देखि २५ वर्षका तीन व्यक्ति र एक महिलालाई अपार्टमेन्टबाट निकालेको जनाएको छ ।
सो भिडियो फेसबुक लाईभ ब्रोडकास्टमा करिब ६० हजारले प्रत्यक्ष हेरेका थिए ।
















प्रतिक्रिया