३० आश्विन २०८३, शुक्रबार

देश टुक्राउने धम्की दिने ‘दलाल’लाई कहिले जेल हाल्ने सरकार ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशै नरहने र टुक्रयाउने कुरा गर्दा पनि देशप्रतिको उत्तरदायित्व देखाउन नसक्ने कर्मठ निष्ठावान राष्ट्रसेवकहरु कहाँ घाम तापिरहेका छन्, कसरी आफूलाई राष्ट्रसेवकको विल्ला भिराएर राष्ट्रिय पोशाकमा हिड्नसकेका छन ? राष्ट्रको सेवा गर्ने कर्मचारीदेखि कार्यकारी प्रमुखहरु किन चुपचाप कानमा तेल हालेर सुने नसुने झै गरिरहेका छन् ?

हावा नचली पात पक्कै हल्लिदैन, पछिल्लो पटक भारतको पटनास्थित गान्धी मैदानमा पुस १९ गते भारतीय अधिकारी, मधेसी मोर्चा, सीके राउत र तराईका सशस्त्र समुहका प्रतिनिधिको भेलाका थप योजनाहरु चुहिएका छन् भन्ने समाचारहरुको बाढीले सञ्जालहरु रङ्गीएका छन र जनतामा आक्रोश, आरोप, प्रत्यारोप तीब्र आलोचना भइरहँदा पनि सम्बन्धित सरोकारवाला निकाय कानमा तेल हालेर बसिरहदा यो सत्य हो भन्ने तरङ्ग जनतामा परेको छ ।

अहिले चलिरहेको हल्ला र राष्ट्रघाती सीके राउतको बेला बेला आउने वक्तब्यले सजिलै बुझ्न सकिन्छ नेपालबाट तराई अलग्याउन अहिलेको सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिसमेत अनुकुल रहेको कुरा पनि जनतामाझ पुगेको छ र स्वभाविक जनतामा यस किसिमको नकरात्मक सन्देश पुगिरहँदा पनि निरिह गृहमन्त्री र प्रधानमन्त्री भने मौन बसेका छन्, यदि यसमा उनीहरुको संलग्न नहुँदो हो त जनतामा यस किसिमको नकरात्मक सन्देश पुगिरहदा केहि वक्तब्य पक्कै पनि आउने थियो होला! आखिर यो के का लागि भइरहेको छ तीन करोड जनतामाथि किन घात गर्न खोजिदै छ ?

हिडेको बाटो बिर्सनु हुन्न्, बाटो धेरै छन्, पछाडी फर्केर पनि आउनुपर्छ, धेरैले लेण्डुपदोर्जे प्रचण्ड बाबुराम भन्दै आएका छन्, तर त्यस्तो कुनै पनि हर्कत गर्नु हुँदैन यस्तो लाचारीपनले कर्तुत कदमले ब्यक्तिगत फाईदा होला तर राष्ट्रियता माथि दाग लाग्यो भने यसको जवाफदेही अहिलेका कार्यकारी र प्रमुख दलहरु हुनुपर्नेछ । कसैलाई छुट हुनेछैन राष्ट्रको हित र राष्ट्रिय स्वार्थको निमित जे गर्नु पनि जनता तयार छन्, यो जनताको चुनौतीपूर्ण आक्रोश हो नेपाली जनताले चाहे भने जस्तो सुकै कदम चाल्न पछि पर्दैनन् सम्बन्धित निकायलाई हेक्का रहोस ।

प्रत्यक्ष रुपमा देश टुक्राउने कुरा गर्दा पनि कठै मेरो देशका मान्यहरु, प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सभामुख र अन्य सरोकारवाला देशप्रेमी, राष्ट्रप्रेमीहरु किन मौन बसिरहनु भएको छ ? यदि यस्तो कुराहरु कुनै पनि देश जस्तैः भारत चीन अमेरिका उत्तर कोरियामा राष्ट्रको विपक्षमा र कुनैपनि राष्ट्रियता माथि खलबल हुने कुरा उठ्थ्यो मात्र भने त्यसलाई फाँसीमा झुड्याइन्थ्यो वा जिउदै कुकुरलाई खान दिईन्थ्यो । यस्तो नियम विश्वको कुनै पनि देशमा छैन जहाँ हाक्का हाक्की देश टुक्राउने कुरा गर्दा पनि छाती खोलेर अझ ठूला ठूला स्वरमा छुट्टै मधेस राज्य, स्वतन्त्र मधेस भनेर भुकिरहँदा पनि सरोकारवाला निकाय मौन रहँदा जनताले के बुझ्ने ? आफ्नो देशको, राष्ट्रको स्वाभिमानमाथि आँच आउने कुरा गरिरहँदा पनि चुपचाप बस्दा कति घिन लागेर आउछ यो कस्तो सिस्टम हो ? मन लागे रात रात महाअभियोगको प्रस्ताब ल्याउन सक्ने राष्ट्रघातिहरु किन चुप छन् सीके राउतलाई कानुनको कठघरमा ल्याएर कारबाही गर्नु पर्छ की पर्दैन ?

पूर्वराजा ज्ञानेन्द्र शाहले देश टुक्याउनु हुन्न सबै हिमाल तराई पहाड मिलाएर अगाडी बढ्नुपर्छ भन्दा जेल हाल्न कुरा उठाउने बफादार कुत्ताहरु कुन दुलोमा छिरेका छन देश एक ढिक्का बनाउन खोजेको हो कि टुक्रा टुक्रा बनाउन खोजेको हो ? राष्ट्रियताको गीत गाउदै राष्ट्रको अहितमा काम गर्दै नेपाल आमामाथि बलात्कार गर्ने पाखण्डीहरुको आखिर माग के हो ? यसको सहि छानविन हुनुपर्छ की पर्दैन ? राष्ट्रको स्वाभिमान बेच्ने, आगो बाल्न खोज्ने दलालहरुलाई किन छुट दिइरहेको छ कहिलेसम्म छुट दिने हो सरकार ?

यहि राष्ट्र र राष्ट्रियताको लागि पटक पटक हाम्रो अग्रजहरुले लडेका लडाईहरुको मुल्य किन चुकाउन खोजिरहेको छ, किन राष्ट्र र राष्ट्रियतामाथि घात गर्न गइरहेको छ, नेपालको भुमीमा बसेर भारतको गाना गाइरहने राष्ट्रघातीलाई देश निकाला गर्नुपर्छ कि पर्दैन, यस्तो निरिह सरकार कमजोर नियम यो जनतामुखी छैन्, बेकार छ! धिक्कार छ! यी राष्ट्रघातीहरुलाई सजाय दिन जनता फेरी जाग्नुपर्ने भएको छ । जनताको त्याग र बलिदानले बचेको यो राज्य पुर्खाले अर्जेको यो राष्ट्रमाथी हिजोका चिचिण्डाहरुले टुक्रयाउने कुरा गरिरहँदा कति लजास्पद लागिरहेको छ टुक्राउन तीनको बाउको विर्ता हो नेपाल ? यसको जवाफ जनतालाई दिनुपर्छ ।

यसमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अभियानको अभिन्न अंगकै रुपमा रहेको भन्ने भेलाको निश्कर्ष छ । बाबुरामलाई नचिन्ने पक्कै पनि कोहि छैन कतिको राष्ट्रभक्ति छ भन्ने कुरा उनको नेतृत्व शैली भुकाई र चुकाईबाट बुझिसकेका छन् के छ भनेर । नयाँ शक्ति रे ! दसोैँ वर्ष जनयुद्द गरेको र बाबुरामहरु कै डिजाईनमा एउटै उद्देश्य सत्ताको लागी लडेको माओवादी यो भन्दा नयाँ शक्ति के हुन सक्छ, कथित जनयुद्द यो भन्दा नयाँ के हुन सक्छ ? समाजवाद आर्थिक विकास भन्ने यो छुट्टै पाटा हुन आर्थिक विकासको लागी क्रान्ति गर्नुपर्दैन सहि नेतृत्व भए समृद्दि हुनसक्छ, तर ईच्छाशक्ति सबैभन्दा ठूलो प्राप्ती हो जब इच्छा नै छैन देश प्रतिको माया छैन भने त्यसले केहि सम्भावना देख्दैन र समृद्द आर्थिक विकास हुन बाबुरामको २५ वर्ष कुरिरहनु पर्दैन । यस्तै क्रान्ति भन्दै देशमा होहल्ला मच्चाउने बाबुराम जस्ता कुख्यात डिजाईन बनाउनेलाई कारबाही गरी जेल हाले पक्कै पनि समृद्धि आउछ । बाबुरामको आर्थिक क्रान्ति नेपालको हितमा हैन इण्डियाको हितको लागी क्रान्ती हो । जरुरी छैन बाबुरामको आर्थिक क्रान्ती यिनिहरु समृद्ध नेपालको बाधक हुन । जबसम्म यस्ता बाधकहरुलाई पन्छाउने काम हुदैन तबसम्म देशले मुहार फेर्दैन् ।

अहिले नेपालको राजनीतिमा बलियो पकड रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मधेस विरोधी शक्तिको रुपमा जति सक्यो धेरै प्रचार गर्नु पर्ने र त्यसका लागि कांग्रेस र माओवादीका पहाडे मुलका नेता र नयाँ शक्तिका अध्यक्ष भट्टराईले ठूलो भूमिका खेल्न सक्ने निश्कर्ष निकालेको थियो । संविधान संशोधन गर्ने भारत र मधेसी मोर्चाको एजेण्डाको विरोध गर्नेलाई मधेसी जनताको विरोधीका रुपमा प्रचार गर्ने उनीहरुको रणनीति भएर नै चम्किरहेका हुन । बलेको आगोमा पेट्रोल हाल्ने काम बाबुरामले गर्दै आएका छन् । जनतामा समक्ष विरालो भएर छिर्ने र बाघ बनेर निष्कने षडयन्त्र बाबुराले रचेको हो । अब पालो ज्ञानेन्द्रलाई होइन बाबुरामलाई जेल हाल्नुपर्छ । यदि नियम कानुनको कुरा गर्ने हो भने सत्र हजारको जनतनको रगतमा पौडी खेलेर पनि रहर नपुगेको बाबुरामको क्रान्ति कस्तो होला दुनियालाई उचाल्दै हिड्ने, बलेको आगोमा तेल थप्दै हिड्ने बाबुराम राष्ट्रघाति भन्न मिल्छ कि मिल्दैन ? किनकी सुनौलो भविष्यको सपना देखाएर जनतालाई उचाल्दै आगोको ज्वालामा हालेर आगो ताप्दै मौसम परिवर्तन भएपछि आफै बसाई सराई गर्ने र जनतालाई भ्रम फैलाउने, मलाई गर्न दिएनन् यस्तो उस्तो भन्ने यस्तो त्यो रुन्चे ब्यबहारले देखिदैन नेपालप्रति बाबुरामको झुकाव केहि छैन जे छ भारतको लागी मरिमेटेका छन भन्दा फरक पर्दैन ।

संविधान संशोधनका लागि संसदको गणित नपुग्ने अवस्थामा तराईमा सीके राउतको गतिविधि बढाउने र सँगसँगै बिहारमा तालिम दिएर राखिएका सशस्त्र समुहले ब्याकअपका रुपमा काम गर्ने भेलाले समझदारी गरेको थियो भन्ने पनि खबरहरु आएको थियो ।

जे जस्तो भए पनि राष्ट्रहितको लागि प्रधानमन्त्री गृहमन्त्रीले डटेर लाग्नुपर्ने, जसले त्यस्ता हल्ला फैलाएका छन तिनीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुको साटो सभासमारोह उद्घाटन, विदेश भ्रमणको यात्रामा ब्यस्त भइरहँदा केहि शंकाहरु उब्जने गरेको छ र नेपालको सुरक्षा साह्रै कमजोर स्थितीमा पुगिसकेको छ तस्करहरुको विगविगी दलालहरु अत्याचार चरम हिंसा भइरहँदा पनि आखिर के मा सरकार ब्यस्त भइरहेको छ । गृहमन्त्री किन ब्युझिन सकेको छैनन यो अत्यन्तै गम्भिर विषय र जनताको चासो पनि हो ।

राजनीतिक हस्तक्षेपकै कारण निष्ठावान ईमान्दार कर्मचारीले आफ्नो सीप प्रदर्शन गर्न पाएका छैनन । यस्तो जालोभित्र फसेको छ नेपालको सुरक्षा क्षेत्र । जबसम्म सुरक्षामा कडा निगरानी गरिदैन यस्ता विकृतीहरुले स्थान पाउछन र चरम लापरबाहिले गर्दा जनधनको ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ सबैको ध्यान जानु जरुरी छ चुस्त सेवा प्रदान गर्नु निष्ठावान कर्मचारीको दावित्व हो सबैले निर्वाह गर्नु पर्छ ।

निष्ठावान कर्मचारी हुँदा जनताले नामाकरण गरेका नारा जनार्दन शर्मा, विद्युत सबैको घरघरमा, कुलमान देशको सान यस्तै हरेक क्षेत्रमा सुधार गर्दै लग्यो भने कुनै क्रान्तिको जरुर पर्दैन मात्र सबल नेतृत्वको अभाव हो ।

यस्तो समयमा एउटा देशद्रोहीलाई कारबाही गर्न जनताको साथ चाहिने भन्दै प्रचण्ड सरकारले गर्न खोजेको के हो दक्षिण लम्पसारवाद नहटे सम्म न कुनै कानुन को पालना हुन्छ न जनताले सुशासनको महशुस गर्न पाउछन् । यस्तै दलालहरुले गर्दा तीन करोड जनताको जनजीवन अस्तब्यस्त भएको छ केहि राष्ट्रघातीले गरेका राष्ट्रघातको कारण चरम दुःख पाएका छन । यसको जिम्मेवार प्रमुख राजनीतिक दल अन्य दल र कार्यकारी प्रमुख बाहेक अरु कोहि दोषी हुदैन । यस्ता राष्ट्रघातीहरुलाई जनताले छाड्नु पनि हुँदैन र छाड्दैनन् पनि आशा गरोैँ कुख्यात भारतिय दलालहरुको भण्डारफोर गरोैँ, आफ्नो स्वाभिमान बचाओैँ । यो हामी सबैको दायित्व हो । अन्तत देशद्रोही देश खण्डखण्ड बनाउन खोज्नेलाई कडा भन्दा कडा कारबाही गरियोस्! सरकार यो आम जनताको खबरदारीपूर्ण आवाज हो ।