४ मंसिर २०८३, शुक्रबार

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मान्न सकिँदैन : कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । कांग्रेसका सांसद जगदीश्वर नरसिंह केसी स्थानीय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन उपयुक्त नरहेको बताए । उनले ७५ वटै जिल्लामा प्राविधिक सहयोग समिति बनाएर काम गरिए पनि त्यसले बुझाएको प्रतिवेदन उपयुक्त नरहेको दाबी गरे ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले पुनर्संरचना आयोगको प्राविधिक समितिले जथाभावी सीमाङ्कन गरेर रिपोर्ट पठाएको आरोप लगाए । उनले भने, ‘स्थानीय तह पुनर्संरचना आयोगले जथाभावी सीमाङ्कन प्रस्ताव पठाएको छ । यसले समस्या समाधान गर्दैन ।’

पुनर्संरचना आयोगलाई जिल्ला प्राविधिक समितिको प्रतिवेदन आयोगका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको भन्दै सांसद केसीले भने, ‘यस्तो खालको प्रतिवेदनलाई मान्नु पर्छ भन्ने छैन ।’