काठमाडौं, ३० भदौ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले दर्जन केन्द्रीय सदस्य नियुक्त गरेका छन् ।
कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार १२ जना नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ । नियुक्त हुनेमध्ये अधिकांश कोइराला निकटका छन् ।
पार्टी विधानको परिच्छेद– ५ धारा २१ (ठ) अनुसार रिक्त केन्द्रीय सदस्यमा कोइरालाले पाँच जनालाई मनोनयन गरेका छन् । मनोनयन हुनेमा दीनबन्धु श्रेष्ठ (जुम्ला), श्यम घिमिरे (महोत्तरी), गोविन्द भट्टराई (तनहुँ), गुरू घिमिरे (मोरङ) र प्रदीप पौडेल (तनहुँ) रहेका छन् ।
त्यसै गरी कोइरालाले परिच्छेद– ५ धारा २१ (ज) अनुसार रिक्त केन्द्रीय सदस्यमा प्रताप राम लोहार (कञ्चनपुर)लाई नियुक्त गरेका छन् ।
सभापति कोइरालाले आमन्त्रित केन्द्रीय सदस्यमा छ जनालाई नियुक्त गरेका छन् । नियुक्ति पाउनेमा यज्ञराज जोशी (कञ्चनपुर), दिलकुमारी राई (सुनसरी), भोला चौधरी (धनुषा), केशव सिंह (डडेलधुरा), महेन्द्र शर्मा (बर्दिया) र कल्याण गुरुङ (महोत्तरी) रहेका छन् । उनीहरूलाई कांग्रेसको विधान र नियमावलीको परिच्छेद ११ धारा ४९ (२) अनुसार नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।
सभापति कोइरालाले आजदेखि सुरू हुने कार्यसमितिको बैठकअघि १२ केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । उनको यो निर्णयको नेता शेरबहादुर देउवा समूहले भने विरोध गरेको छ ।
बैठकमा कांग्रेसको आगामी महाधिवेशन, सरकारको कामकारबाही, संविधान निर्माण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका बारेमा छलफल गर्ने नेताहरूले जनाएका छन् ।















प्रतिक्रिया