काठमाडौं, १० माघ । संविधान संशोधनको विधेयक संसदमा टेबुल भए पनि प्रमुख विपक्षी दल एमालेसहितका नौ दलीय गठबन्धनको विरोधपछि छलफलका लागि पेश हुन सकेको छैन ।
संसदको आज बस्ने बैठकमा पनि संशोधन विधेयकले प्रवेश पाउने छैन । स्रोतका अनुसार संसदको आजको बैठकमा अन्य सामान्य विषयले प्रवेश पाउनेछ । संसदको बैठक आज पनि दिउँसो एक बजे बस्दैछ ।
एमालेसहितका दलहरूले राष्ट्रहित विपरितको संशोधन प्रस्ताव संसदमा टेबुल भए पनि छलफल हुन नदिने र पारित गर्न पनि नदिने भन्दै अडान राख्दै आएका छन् ।
यस्तो अस्थामा तत्काल संशोधन विधेयक अगाडि बढ्न नसक्ने संसद सचिवालयका एक कर्मचारीले बताए ।











प्रतिक्रिया