प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार काठमाडौं, नेपाल ।
नमस्कार म मेघराज भट्टराई अफगानिस्तानको राजाधानी काबुलबाट । मैले लामो समयदेखि देशका तत्कालिन समस्या र देशी बिदेशी प्रतिकृयावादी संघ संगठनले देशभित्र खेलेको भूमिकाको बारेमा गम्भीर रुपमा प्रकट भएका परिस्थिती राजनीतिको आडमा बढेका गतिबिधी अध्ययन गर्दैछु । के साच्चिकै नेपालको समथर भुभाग भारतलाई बुझाउने नै हो त ? मैले यस्तो गम्भीर प्रश्न राख्न बाध्य भए । म नेपाली राहदानी (पासपोर्ट) बोकेर बिभिन्न बिमानस्थल हुँदै यात्रा गर्छु मेरो राहदानीको रंग हरियो छ जो अति पिछडिएका देश भ्रष्टाचारले गिजोलिएका देशले पाउने सास्ती यहीबाट सुरु हुन्छ । सम्मानानीय प्रधानमन्त्री ज्यु सँग प्रश्न राख्न पाउनु नेपालीको हैसियतमा देशको कार्यकारी तपाईं भएकै कारण मलाई यो नैतिक हक अधिकार छ ।
जती सास्ती बेहोरे पनि मलाई नेपाली हुनुमा गर्व छ । आज देखिएको परिस्थिती कस्ले तयार पार्यो ? के हिजो सिराहाको लहानमा डा. सीके राउतले गरेको आमसभा तपाईंले देख्नु भएकै होइन त ? तपाईं जनमतको लागि कुरा गर्नु हुन्छ तपाईं आँफै यो भन्दा अघिल्लो सरकारको जिम्मेवार ठाउँमै हुनु हुन्थ्यो । राजनीतिलाई यत्ती निर्लज्ज तरिकाबाट कसरी अघी बढाउन सक्नुहुन्छ तपाईं । मलाई याद छ २०४२ सालमा नेकपा मशाल फुटाउदा तपाईंले भनेका कुरा के के थिए तपाईंलाई याद छ कि छैन ? तपाईंले आरोप लगाउदैमा अपराधी हुने भए हामीले मोहनबिक्रम सिंहलाई नेता मान्ने नै थिएनौ किन कि तपाईंले झुठको सहारा लिएरै आफ्नो राजनीति यात्रा सुरु गर्नु भएको थियो ।
तर प्रचण्ड जी देश नै बिखण्डन गराउने अधिकार तपाईंलाई कस्ले दियो ? देशको कार्यकारी प्रमुख ब्यक्तिले भारतमा गएर २५ बुंदे सम्झौता गर्नु तपाईंकै पार्टीभित्र रहेका डा. बाबुराम भट्टराईले बिप्पा सम्झौता गर्नु । आफूलाई क्रान्तिकारी कम्युनिस्ट भन्ने हजुरले बर्गीय मुक्तिको प्रमुखतालाई छाडेर जातिय द्वन्दको बिजारोपण गर्नु । कहिलै नउठेका मुद्दा संघीयतामा जातिय संघीयतालाई तपाईंले उठाउनुको कारण के होला ? तपाईंले यी र यस्ता प्रश्नको जवाफ सम्पूर्ण नेपाली जो देश बिदेशमा रहेर देशको लागि केही गर्दैछन उनीहरुको लागि दिन अनिवार्य छ ।
हाम्रो देश भौगोलिक रुपमा दुई ठूला र बलिया देशको बीचमा रहेको र उनीहरुको जनघनत्व निकै ठूलो रहेको बस्तुगत अवस्था सबैले देखेको कुरा हो । तर हाम्रो देशमा दक्षिणी सिमाना खुल्ला निर्बिबाद रुपमा आवत जावत गर्ने हुँदा हाम्रो देशमा अनियन्त्रित रुपमा भारतीय नागरिक नेपाल प्रबेश गरेर बस्दै आएका र तिनीहरुले नेपाललाई अपराधिक अखडा बनाएको कुरा इन्टेरपोलले सार्वजनिक गरेको हामीले बारम्बार देख्दै आएका छौ । भर्खरै भारतको बिभिन्न ठाउँमा रेल हाद्शा गराउने (आईएसआईएस) नेपाल कनेक्सन भारतीय समाचार माध्यमले आज बिहान मात्रै पनि देखाउदै छ । यस्तो गम्भिर प्रकारको अवस्था हुँदाहुँदै पनि देशलाई बिखण्डन गराउने आमसभा गरेको भिडियो म सीके हुँ भनेर लेखिएको टोपी लगाएका आजाद मधेश भनेर मधेशको अलग्गै झन्डा बनाएर मधेशको अलग्गै सेना तयार पार्दासम्म नेपालको नियम कानुनलाई धज्जी उडाउदै सार्बभौमित्ता र अखण्डतालाई आँच पुर्याउने काम अहिले तीब्र रुपमा भैरहेको छ ।
एकातिर बिभिन्न पार्टीभित्र रहेका तराईबाट प्रतिनिधित्व गर्ने नेताहरु आफ्नो पार्टी परित्याग गर्दै मधेशी पार्टी खोलेर सिंगो तराइलाई अशान्त बनाउन थालेको २०६४ साल पछी हो भने अर्कोतिर सीके राउतजस्ता केही भूमिगत अराजक्तावादी ब्यक्तिहरु खुलेआम सभा जुलुस गर्ने गरेको र भारतको पटनामा सम्पूर्ण मधेशी पार्टीका नेता तथा भारतीय जासुसी संस्था ‘र’ का केही कर्मचारी र डा. सीके राउत, जय कृष्ण गोहित जस्ता ब्यक्तिहरुको भेला भएको खबर नेपालको पूर्व रक्षामन्त्री भीम रावलले देशको प्रधानमन्त्री तथा राष्ट्रपतिलाई जानकारी गराएकै हो । देश बिखण्डन गराउने अभियान चलाएका सीके राउतलाई सर्बोच्च अदालतले सम्म छोड्ने आदेश दिनु यो देशमा संबैधानिक स्थानमा पुगेका देशका प्रमुख ब्यक्तीहरु नै राष्ट्रिय बिखण्डन गराउन त लागि परेका छैनन गम्भिर प्रश्न उठेको छ ।
आज हिजोका भारत सरकार तथा त्यसपूर्व ब्रिटिश सरकारसँग गरेका अपमानित राष्ट्रघाति सन्धि सम्झौतालाई हामीले आफ्नो राष्ट्रको पक्षमा कसरी पार्ने भनेर सोच्ने बेलामा राष्ट्र प्रमुखको मौनतालाई हामी सर्बसाधारणले कसरी बुझ्ने ? नेपालको सेना पुलिस प्रशासन चुपचाप तमासे बनेर बस्ने, राष्ट्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तलब खाएर भारतबाट आएको अधिकतम तलब पनि खाएका र २२ हजार कर्मचारीले मासिक ५ हजार भारतीय मुद्रा तलब खाएको खबर हामीले बारम्बार सुन्दै आएका छौं । त्यो कुराको खण्डन तपाईंहरुले गर्न नसक्नु त्यसको प्रमाण हो भन्ने हामीले बुझ्नुपर्ने अवस्था आएको छ ।
माथि उल्लेखित प्रश्नबाट तपाईंहरु मिलेरै नेपाललाई ध्वस्त पार्न अस्तित्व समाप्तिको बाटो हिंडेको हो कि भन्ने शंका उब्जिएको छ । तसर्थ तपाईंले स्पष्ट पारीदिनु हुनेछ भन्ने आशा लिएको छु ।
मेघराज भट्टराई
धन्यवाद् !
उही सदैब नेपाल र नेपालीको भबिष्यको भलो चिताउने नेपाली नागरिक















प्रतिक्रिया