४ मंसिर २०८३, शुक्रबार

बिरामी र कुरुवाले एकैदिन अस्पतालमै आत्महत्या गरे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ९ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी र कुरुवाले एकैदिन आत्महत्या गरेका छन् ।

प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली र मोरङको सिजुवा–१ का ५३ वर्षीय गंगा भट्टराई आइतबार विहान अस्पतालमै मृत अवस्थामा फेला परेका हुन् ।

भट्टराई घाँटीको क्यान्सर रोगी थिए । बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए । उनीहरु दुवैको पोष्टमार्टम भइसकेको छ ।

घटनाको कारण खुल्न सकेको छैन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।