४ मंसिर २०८३, शुक्रबार

सरकारी वकिलद्वारा देशभरका अदालतमा इजलास बहिष्कार, सेवा प्रभावित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ माघ । उच्च अदालतका न्यायाधीशको नियुक्तीमा असन्तुष्टि जनाउँदै देशभरका सरकारी वकिलले आइतबारदेखि इजलास वहिष्कार गरेका छन् ।

र, यो निर्णयसँगै देशभरका अदालतको काम कारवाही प्रभावित भएको छ ।

न्यायाधीश नियुक्तीमा सरकारी वकिलको उपस्थिति कम भएको तथा वरिष्ठ अधिवक्ताको अपमान भएको भन्दै वकिलहरूले बेन्च बहिष्कारको घोषणा गरेका हुन् ।

सरकारी वकिलहरूले न्याय परिषदले गरेको न्यायाधीशहरूको नियुक्ती त्रुटीपूर्ण रहेको भन्दै सच्याउन माग गर्दै आएका छन् ।

यसअघि नेपाल बार एसोशियसन र सरकारमै रहेका दलले समेत न्यायाधीश नियुक्ती असन्तुष्टि जनाउँदै सच्याउन माग गरिसकेका छन् । तर, कानूनमन्त्री अजयशंकर नायक न्यायाधीश नियुक्ती कानूनसम्वत भन्दै निर्णयमा कुनै हेरफेर नहुने बताउँछन् ।