सिरहा, ९ माघ । मदिरा र लागुऔषध विरुद्ध विहारमा ११ हजार २९२ किलोमिटरको मानव साङ्ग्लो बनाएको छ । उक्त मानव साङ्ग्लोमा अन्दाजी २ करोड विहारका जनता सहभागिता थियो । मानव साङ्ग्लोको निगरानी ३ स्याटेलाइट, ३८ ड्रोन क्यामेरा र ६ हेलिकप्टरबाट गरियो ।
मानव साङ्ग्लोमा विहारका मुख्यमन्त्री नीतिश कुमार र आरजेडी अध्यक्ष लालु यादबलगायतका शीर्ष नेताहरु पनि हातमा हात जोडेर मानव साङ्ग्लो बनाए । उक्त साङ्ग्लोमा विहारका कर्मचारी, विद्यार्थी, किसान, सर्वसधारण लगायतले पनि साथ दिएका थिए । सबैले एक साथ नारा लगाए– विहारलाई नशामुक्त घोषणा गर ।
शुक्रवार हाइकोर्टले विहार सरकारलाई शनिवार मानव साङ्ग्लो बनाउन अनुमति दिएको थियो । मानव साङ्ग्लो बनेको क्षेत्रमा सवारी साधन पूर्ण रुपमा बन्द गरिएको थियो भने स्टीकर टाँसेको प्रेस गाडी चलाउन मात्र अनुमती दिएको थियो । यो मानव साङ्ग्लोले विश्व रेकर्ड बनाउने विहार सरकारले दावी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
नेपालीलाई विहार प्रवेश गर्नमा रोक
मानव साङ्ग्लोमा करोडौं भारतीय जनता सहभागी हुने भएकोले नेपाल तर्फबाट भारत प्रवेशमा शनिबार दिनभर रोक लगाइयो । भारतको विहार पुग्न पुगेका नेपाली सर्वसधारणलाई बोर्डरबाट एसएसबीका जवानहरु फर्काए । जसका कारण विहारका अधिकांश सीमावर्ती बजार सुनसान बन्यो ।
सिरहाको ठाडी–लौकहा बोर्डर भएर विहार छिर्ने हजारौं नेपाली फिर्ता भएको नेपाल प्रहरीले जनाको छ । ‘घरका लागि समान खरिद गर्न विहारको लौकहा बजार जान लागेका थिए,’ लहानका दिलिप यादबले भने, ‘तर भारतीय सुरक्षाकर्मीले बोर्डर क्रस गर्न दिएन् । बाध्य भएर फर्के ।’
मानव साङ्ग्लोमा सहभागी हुने विहारका जनताको सुरक्षालाई मध्यनजर राख्दै घुसपैठ रोक्न नेपालीलाई भारत विहार प्रवेश गर्न नदिएको बुझिएको छ । अचानक भारत विहार प्रवेशमा रोक लागेका कारण भारतसिमासँग जोडिएका मधेसका हजारौं सर्वसधारण समस्यामा परेका छन् ।












प्रतिक्रिया