काठमाडौं, ९ माघ । प्रथम रुस्लान भाटभटेनी खुल्ला फुटसल प्रतियोगितामा आयोजक भाटभटेनी हेल्थ क्लव प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटको कोर्टमा भएको खेलमा लगातार दुई विजय हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो खेलमा क्रेजी फुटसललाई ३–० गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलमा भाइरस टिमलाई २–० को अन्तरमा पाखा लगाउँदै समूह एबाट भाटभटेनीले प्रिक्वाटरमा स्थान बनाएको हो ।
शनिबार भएका अन्य खेलमा महेश्वर युवा क्लव, सामाखुसी फुटसल, चौर फुटसल, जग्गु फुटसल र बीइडीसी फुटसल पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तीन दिने प्रतियोगिताको उद्घाटन एमाले सचिव योगेश भट्टराईले गरेका थिए । कार्यक्रममा भाटभटेनी हेल्थ क्लवका अध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष आरवी राई, सचिव श्रीकृष्ण रिजाल र क्लवका सञ्चालक रवि पुरीलगायतको उपस्थिति रहेको थियो ।
लिग कम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले नगद १० हजार प्राप्त गर्दा वेस्ट प्लेयर र वेस्ट किपरले ५/५ हजार प्राप्त गर्नेछन् ।















प्रतिक्रिया