३० आश्विन २०८३, शुक्रबार

सार्कको पहिलो निमन्त्रणा माल्दिभ्सलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarcकाठमाडौं, ३० भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको आयोजक मुलुकको तर्फबाट राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे मंगलबार माल्दिभ्स जाने भएका छन् ।

माल्दिभ्स सार्कको अध्यक्ष रहेकोले आयोजक मुलुकले अध्यक्ष राष्ट्रबाट नै निमन्त्रणा भ्रमण गर्न लागेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रण लिएर उनी त्यसतर्फ जान लागेको परराष्ट्रले जनाएको छ । उनले माल्दिभ्सका राष्ट्रपति अवदुल्ला यमीनसंग भेट गरेर आगामी मंसिर १० र ११ हुने शिखर सम्मेलनको निमन्त्रणा हस्तान्तरण गर्नेछन ।

त्यहाँ उनले नेपालले तयार गरेको शिखर सम्मेलनको थिमको विभिन्न पक्षहरु र शिखर सम्मेलनमा प्रस्तुत हुने विषयगत बुदाहरु पनि प्रस्तुत गर्ने छन् । सार्कमा अहिले सम्म भएकार र गर्न पर्ने विषयहरुमा मन्त्री पाण्डेले छलफल गर्नेछन। माल्दिभ्स पछि उनी श्रीलंका आउने कार्यक्रम रहको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए।

उनले भने, ‘अध्यक्ष मुलुक मालदिभ्सको भ्रमण पछि उहाँ श्रीलंका जानुहुनेछन। त्यहा पनि राष्ट्रपति महिन्दा राजापाक्षेलाई शिखर सम्मेलनको निमन्त्रणा हस्तानतरण गर्ने तथा सार्कको थिम र अन्य छलफल एजेण्डाहरु प्रस्तुत गर्नुहुनेछ ।’

अन्य सदस्य मुलुकमा भने परराष्ट्र मन्त्री राष्ट्रसंघबाट फर्केपछि निमन्त्रणाको लागि जाने कार्यक्रम रहेको पनि प्रवक्ता अधिकारीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । पाण्डे श्रीलंकाबाट फर्के लगत्तै असोज ३ मा प्रधानमन्त्री कोइरालसंगै राष्ट्रसंघ जाने कार्यक्रम रहेको छ ।