४ मंसिर २०८३, शुक्रबार

संशोधन स्थगित भइसक्यो, अब स्थानीय चुनाव हुन्छ : टोपबहादुर रायमाझी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले राष्ट्रहितविपरित रहेको संविधान संशोधन विधेयक स्थगित भइसकेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा माओवादी नेता रायमाझीले भने, ‘यो संविधान संशोधनको विधेयक निश्क्रिय भइसकेको छ । पारित हुँदैन ।’ उनले मुलुक अब चुनावमा जाने बताए ।

‘कसले भन्यो संशोधन पारित हुन्छ भनेर ? संशोधन पारित हुँदैन’, कड्किँदै रायमाझीले भने, ‘संशोधनभन्दा स्थानीय तहको निर्वाचनतिर मुलुक जान्छ ।’

मधेसी मोर्चासहितका असन्तुष्ट दलहरूसँग निर्वाचनका लागि कुराकानी भइरहेको उनले बताए । ‘संविधान संशोधन अगाडि बढ्ने नदेखेपछि स्थानीय चुनावको कुरा आएको हो’, उनले भने, ‘संशोधन विधेयक स्थगित भएसँगै निर्वाचनको तयारी गर्नुपर्छ ।’

संशोधन विधेयकविरुद्ध चलेको आन्दोलन विफल भयो नि ? भन्ने प्रश्नमा माओवादी नेता रायमाझीले भने, ‘संशोधन विधेयक विफल हुने बाटोमा गएपछि आन्दोलन रोकिएको हो ।’