३ कार्तिक २०८३, मंगलबार

मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा  माघ ६ गतेका दिन सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष श्री भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नु भएकोछ ।

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने बताउनु भयो । “अन्तिम शेयर आदान प्रदान अनुपात म्म्ब् प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।

मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको र टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको व्यहोरा मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताउनु भयो ।

आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२÷७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिश गरेको उहाँले बताउनु भयो । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २४ पौष २०७३ बाट संयुक्त कारोबार सञ्चालन गरेको छ ।

सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाईएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताउनु भयो । देश विकासको सबल पक्ष एवं क्षेत्रहरुलाई ध्यानमा राखेर मेगा बैंकले आफ्नो बैंकिङ्ग सेवा तथा गतिविधहरुलाई प्राथमिकतामा राख्दैै आएको सन्दर्भमा, टुरिजम् डेभलपमेन्ट बैंकले पर्यटन क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरेको व्यवसायलाई अझै थप उचाईमा पुर्याउनु पनि यो मर्जरको एक मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो । साथै उँहाले यो मर्जरबाट मेगा बैंकलाई आगामी दिनहरुमा थप प्रभावकारी एवं विविध वित्तीय सेवाहरु प्रदान गर्न सक्षम बनाउने विश्वस लिएको समेत बताउनु भयो ।