काठमाडौं, ७ माघ । कार्यगत एकता गरेर अगाडि बढ्ने सहमति गरेका संघीय गठबन्धन र नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनका विषयमा एकमत बनाएर अगाडि बढ्ने भएका छन् ।
बिहीबारको सहमतिअनुसार गठबन्धन र नयाँ शक्ति पार्टीका दोस्रो तहका नेताहरूले संशोधनको मोडल तयार पार्ने छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार संघीय गबन्धन र नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रहने नेताहरूको कार्यदलले संविधान संशोधन प्रस्तावमा के–के विषय परिमार्जन गर्ने भन्ने एजेन्डा बनाउनेछ ।
संयुक्त कार्यदलले तयार पार्ने परिमार्जनका विषय चार वटा विषयमा रहनेछ । विशेष गरेर सीमाङ्कनको कुरालाई गठबन्धन र नयाँ शक्ति पार्टीले ल्याउने छन् । त्यसका लागि सम्भव भएसम्म आजै बैठक बस्ने तयारी पनि भएको छ ।











प्रतिक्रिया