४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले ‘फल’ होइन ‘छल’ मात्रै गर्नुभयो : उपेन्द्र यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूसँग छलफल मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्रीसँग हाम्रो छलफल भइरहेको छ ।

‘फल’ आएको छैन प्रधानमन्त्रीबाट ‘छल’ भइरहेको छ ।’ उनले सहमति अनुसारका काम छिटो गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

अध्यक्ष यादवले तीन ठूला दल मिलेर जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका कारण मुलुकमा समस्या आएको बताए ।

‘तीन ठूला दलले यो मुलुकलाई तहस नहस बनाएका हुन्’, उनले भने, ‘संविधान संशोधन गरेर समस्याको समाधान अहिले पनि उनीहरू खोज्न चाहँदैनन् ।’