२९ आश्विन २०८३, बिहिबार

 मृत्युशैयामा छटपटाउँदै बोगटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Post-Bahadur-Bogati_20120215093406-316x330

काठमाडौँ, २९ भदौ। एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी हृदयघात र मष्तिष्घातपछि नर्भिक इन्टरनेसनल अस्पतालको मृत्युशैयामा छटपाई रहनु भएको छ ।

अचानक हृदयघात भएपछि गत बिहीवार बेलुका अस्पताल भर्ना हुनुभएका बोगटीको अवस्था  अत्यन्त गम्भीर भएको नर्भिक अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले गम्भीर अवस्थाका कारण बोगटीलाई विदेश लान नमिल्ने बताएपछि उहाँको उपचार नर्भिकमै भइरहेको भनिए पनि उहाँको बाच्ने आशा एकदमै न्युन रहेको अस्पताल स्रोतले बताएको छ ।

एमाओवादीमा इमान्दार नेताका रुपमा परिचित बोगटीले पार्टीको महासचिवको समेत जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

उहाँ बुबा भैरवबहादुर र आमा लेखकुमारी बोगटीको कोखबाट वि.सं.२०१० साल श्रावण ३ गते तुप्चे २, नुवाकोटमा जन्मिनु भएको हो ।

उहाँका दुई छोरी छन् । उहाँका एकमात्र छोराको युद्धकालमा मृत्यु भएको थियो ।

कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएका बोगटीले वि.सं २०३४ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।

बोगटी वि.सं २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नम्वर ३ बाट १६ हजार ७ सय ३५ मत ल्याएर विजयी हुनुभएको थियो ।

वि.सं २०७० सालमा हेटौडामा भएको सातौं महाधिवेशनबाट एमाओवादीका महासचिव हुनुभएका  बोगटी संसदीय व्यवस्थाका इन्चार्ज तथा संविधानसभामा मुख्य सचेतक हुनुभएको थियो । उहाँले पर्यटन मन्त्रीका रुपमा पनि काम गर्नुभएको थियो ।