काठमाडौँ, २९, भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्था अत्यन्त गम्भीर भएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार हृदयघात र मष्तिकघात हुनुभएका बोगटीलाई भेन्टिलेटरमा राखिएको छ ।
अस्पतालले एक विज्ञप्तिमार्फत बोगटीको रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने औषधीका सातै अन्य जीवनदायी र महत्वपूर्ण औषधीहरुको सहयोगमा उपचार भइरहेको छ ।
बोगटीको मस्तिकमा स्वाइलिङ बढेका कारण थप जटिल भएको चिकित्सकहरुले बताएका छन् ।
उहाँको मस्तिकको देब्रे भागमा रत्तस्रावसहित रगत जमेको छ भने शरीरको दाहिने भागमा पक्षघात भएको छ ।
परिवार र पार्टीको सल्लाह तथा उपचारमा संलग्न चिकित्सकहरुको रायअनुसार बोगटीको जीवन रक्षाका लागि केवल परम्परागत र जीवनदायी औषधोपचार मात्र अपनाउनु उपुयक्त हुने बताइएको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया