काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका महासमिति सदस्य वासुदेव आचार्यले पदबाट राजीनामा दिएका छन् । र, पार्टी समेत परित्याग गरेका छन् ।
अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ९ निवासी आचार्यले पुस १५ गते राजीनामा पार्टी नेतृत्वलाई बुझाएको र सोही मितिदेखि लागु हुनेगरी सभापति शेरबहादुर देउवाले बुधबार (आज) राजीनामा स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
उनका अनुसार आचार्यको पुस १५ गतेदेखि नै लागु हुनेगरी पार्टीको साधारण सदस्य समेत खारेज भएको छ ।
आचार्यले किन छाडे पार्टी ?
स्रोतका अनुसार उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि आचार्यले पार्टी परित्याग गरेका हुन् । न्यायाधीशको योग्यता पुरा गर्नकै लागि उनले राजनीतिक दलको साधारण सदस्य समेत नरहनुपर्ने थियो । जसका कारण उनले पार्टी नै परित्याग गर्नुपर्यो ।
यद्यपी नेता आचार्य जनभावना विपरित पाँच नम्बर प्रदेश टुक्राउन नहुने पक्षमा पनि थिए । निकटस्थहरुका अनुसार पाँच नम्बर प्रदेशमा पर्ने अर्घाखाँची गृह जिल्ला भएका आचार्य कांग्रेसको पछिल्लो कदमदेखि असन्तुष्ट थिए ।
तर, पार्टीले न्यायाधीश बनाइदिएपछि महासमिति सदस्य पदबाट राजीनामा दिनुपर्यो ।











प्रतिक्रिया