३ कार्तिक २०८३, मंगलबार

हिटलर र पूर्व राजा ज्ञानेन्द्रको बाटो नरोज्न ओलीलाई नेपालको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli & Mahav Nepal

काठमाडौँ, २९ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नियम र पद्धतिलाई मिचेर अघि बढ्न खोज्नेहरुको हविगत हिटलर र पूर्व राजको जस्तो हुने चेतावनी दिनुभएको छ ।

युवा संघ नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार सम्वोधन गर्दै उहाँले त्यस्तो चेतावीन दिनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलाई उद्योगमन्त्री बनाएपछि रुष्ट बन्दै आउनु भएका नेपालले संघकै भेलामा यस्तो चेतावनी दिनुभएको हो ।

‘संस्थागत पद्धतिलाई बलमिच्याई गरेर अघि बढ्न खोज्यो भने हिटलर र पूर्वराजा ज्ञानेन्द्रको हविगत हुन्छ,’ उहाँले अध्यक्ष ओलीको शैलीलाई कटाक्ष गर्दै भन्नुभयो, ‘पार्टीमा ‘सिष्टम’, पद्धति र सहमतिका कुरा महत्वपूर्ण हुन्छन्, त्यसलाई मिचेर अघि बढ्दा परिणाम राम्रो हुँदैन ।’

उहाँले भेलामा संघका कार्यकर्तालाई गुटवन्धीलाई अन्त्य गरेर अघि बढ्न सुझाव दिनुभयो । आईबार विस्तारित बैठकको समापन हुने र सोमबारबाट केन्द्रीय कमिटि बैठक शुरु हुने संघका प्रचार विभाग प्रमुख प्रभाव विक्रम कटवालले जानकारी दिनुभयो ।