घनश्याम पराजुली (कृष्ण)
दोहा । म्याग्दी सेवा समाज कतारको छैठौ साधारणसभा कार्यबाहक अध्यक्ष पुण्य चोखालको सभापतित्वमा दोहाको सालिमार प्यालेसमा सम्पन्न भयो ।
साधारणसभाबाट रेशम शाहीको अध्यक्षता १५ सदस्यीय निर्विरोध नयाँ कार्यसमिती गठन भएको छ ।
उपाध्यक्षमा डम्बरबहादुर हमाल र गणेश श्रेष्ठ ,कोषाध्यक्षमा किरण शाही ,सहकोषाध्यक्ष बालकृष्ण आचार्य, महासचिवमा रमेश पौडेल, सचिवमा हिमाल सुबेदी निर्वाचित भएका छन् ।
सदस्यहरुमा कुमार केसी ,लिला चोखाल, निल प्रसाद संकर ,गमबहादुर सेन्चुरी, रघुनाथ घिमिरे, लिल बहादु् विक, यामबहादुर नेपाली, मिन बहादुर कार्की चयन भएका छन् । त्यस्तै संचार संयोजकमा हरिकृष्ण गौतम चयन भएका छन ।
सोही सभाबाट ४ सदस्यीय संरक्षक र सल्लाहकार समिती चयन गरेको छ । संरक्षकमा बिक्रम कार्की, प्रमुख सल्लाहकारमा ई. नन्द गर्बुजा, बिशेष सल्लाहकारमा रुद्र सुनार र महेन्द्र चोखाल चयन भएका छन् ।
सभाले संस्थाका विषेश व्यक्तिहरुलाई संगठित गर्ने काम गरेको छ । जसमा सस्थापक प्रेम बहादुर विश्वकर्मा, बरिष्ठ सदस्यहरुको रुपमा रामचन्द्र भण्डारी, पुण्य चोखाल र बालकृष्ण खत्री रहेका छन ।
सभाबाट बैकल्पिक सदस्य समेत चयन गरिएको थियो जसमा बाबुलाल रामदाम, बिसाल थापा, तिलु शर्मा र रामु शाही रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसिसि उपाध्यक्ष टि बि कार्की रहेका थिए । म्याग्दी सेवा समाजको बारेमा कार्कीले खुलेरै प्रशंशा गरे।
कार्यक्रममा एनआरएनए कतार, मातृभूमिका लागी युवा अभियान, मोरङ सुनसरी सेवा समाज ,पर्बत सेवा समाज ,बाग्लुङ सेवा समाज ,महिला समाज कतार्, अर्घाखाँची सेवा समाजको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाली ईन्जिनियरिङ एसोसिएसन्,कास्की आदर्स समाज ,प्युठान सेवा समाज कतार,जनसम्पर्क समिती कतार, प्रबासी नेपाली मञ्च कतार ,जनप्रगतिसिल मन्च कतार, दलित एकता समाज कतार, खस क्षत्री समाज लगायत विभन्न संघ सस्थाहरुका प्रतिनिधीहरु साथै म्याग्दीवासीहरुको को उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । उपस्थित अतिथीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।















प्रतिक्रिया