४ मंसिर २०८३, शुक्रबार

संशोधन नगरे जनविद्रोहबाट संविधान खारेज गराउने यादवको चेतावनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ४ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले सरकारले परिमार्जनसहित संविधान संशोधन नगरे जनविद्रोहबाट संविधान खारेज गराउने चेतावनी दिएका छन् ।

सिरहाको चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले परिमार्जनसहितको संविधान संशोधन गर्न नचाहेको आरोप समेत लगाए । उनले भने– ‘सरकारले अहिले जुन प्रस्ताव ल्याएको छ । त्यसले मधेसको मुद्दा सम्बोधन हुँदैन् । त्यसैले हामीले जनविद्रोहको तयारी थालिसकेका छौं ।’

अध्यक्ष यादबले प्रचण्ड, देउवा र ओली नाम तीन वटा रहेपनि दिमाग र सोच एउटै भएको आरोप पनि लगाए । उनले प्रचण्डले मधेसीसँग लभ परे तर विहे भने ओलीसँग गरेको बताउँदै मधेसको माग पुरा नगर्दा जसरी ओली सरकार ढल्यो, त्यसरी नै मधेसको माग पुरा नगरे प्रचण्डको सरकार पनि ढल्ने चेतावनी दिए ।

यस्तै, उक्त पार्टीका बरिष्ठ नेता अशोक राईले मुसा र सिद्धि प्राप्त बाबाको कथा सुनाउँदै सिंह (बाघ) बन्न खोजेका प्रचण्ड, ओली र देउवा केहिदिनमै मुसा बन्ने चेतावनी दिए । उनले अब सरकार चलाउन आफ्नो पार्टी सक्षम भइसकेको दावी गरे ।

कार्यक्रममा अध्यक्ष यादबले विभिन्न पार्टीका करिब सयौं कार्यकर्तालाई फोरममा प्रवेश गराए । उनले नवप्रवेशीहरुलाई फूलको माला र अविर लगाएर स्वागत गरेका थिए ।