झापा, ४ माघ । लागूऔषध कारोबार तथा गुण्ण्डागर्दीमा संलग्न भएको आरोपमा एमाओवादीको भातृ संगठन वाइसिएलका कार्यकर्ता भारतमा पक्राउ परेका छन् । मोरङ क्षेत्रीय उपाध्यक्ष सुशन लिम्बू भनिने राजेश्वर लिम्बूलाई प्रहरीले गाँजा र चोरीका सवारी साधनसहित भारतमा पक्राउ गरेको हो ।
भारतीय प्रहरीले उनलाई शुुक्रबार राति पक्राउ गरेको हो । उनका साथबाट ९ सय ग्राम गाँजा, नेपाली नम्बरप्लेटको एउटा मोटरसाइकल र एउटा बोलेरो गाडीसमेत बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका लिम्बुलाई चार दिनको म्याद लिएर थुनामा राखिएको र अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
उनी विगतमा पनि लागूऔषध काण्डमा पक्राउ परेर जेलबाट छुटेका लिम्बु गुन्दागर्दीमा पनि संलग्न हुँदै आएको इलाका प्रहरी कार्यालय उर्लाबारका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।











प्रतिक्रिया