३ कार्तिक २०८३, मंगलबार

प्यूठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसहित तीन जनाको दुर्घटनामा मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-bk

वुटवल, २९ भदौ । प्यूठान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सूर्य विश्वकर्मासहित तीन जनाको जिप दुर्घटनामा मृत्यु भएको छ ।

प्यूठानबाट बुटवलतर्फ आउँदै गरेको निजी टाटा सुमो कपिलबस्तुको सालझण्डीमा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

गाडी पन्चर हुँदा अनियन्त्रित भई पिपल रुखमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको परिचय खुलेको छैन ।

गाडीमा सवार सूर्यकी श्रीमती रमा बिक र चालक कृष्ण विकको अवस्था भने सामान्य छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।