४ मंसिर २०८३, शुक्रबार

ओली निवास बालकोटमा मधेसी मोर्चाबारे गम्भीर वार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी नौ दलीय गठबन्धनमा रहेका साना दलहरूलाई फाकाउन थालेको समाचार बाहिर आइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई मतदान गरेको नेपाल परिवार दलका अध्यक्ष ढकालले मंगलबार भक्तपुरको बालकोटस्थित निवासमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । उच्च स्रोतका अनुसार राष्ट्रहित विपरित रहेको संविधान संशोधनको विपक्षमा एकमत भएर उभिने निर्णय भएको छ ।

‘गैर संवैधानिक संविधान संशोधनको प्रस्तावलाई असफल बनाउने र निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने विषयमा छलफल भएको हो’, नेपाल परिवार दलका अध्यक्ष ढकालले बताए ।

परिवार दलका अध्यक्ष ढकालले मधेस केन्द्रित दलहरूलाई पनि विश्वासमा लिएर अघि बढ्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफू मुलुकको राजनीतिक अवस्थाका विषयमा चिन्तित रहेको भन्दै कुराकानीका लागि सधै तयार रहेको बताए ।