डडेल्धुरा, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले माघ ८ गते भित्रै सबिधान जारी हुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल डडेल्धुराले आइतबार बिहान डडेल्धुरामा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै मन्त्री अधिकारीले दलिय सहमतिमार्फत संबिधान जारी हुने प्रक्रियामा अघि बढी रहेको बताउनुभयो । सबैधानिक र गैरसबैधानिक दलहरुकाबीचमा राष्ट्रिय सम्मेलनमार्फत सबिधानका बिबादित बिषयमा सहमति जुटाएर माघ ८ गते भित्रै सबिधान जारी गर्न कार्यमा सबिधान सभा र राजनीतिकदलहरु क्रियाशिल भएर बार्ता र सम्बाद प्रक्रिया अघि बढाइरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । दलहरुबीचको वार्ता सकरात्मक मोडमा रहेको पनि उहाँले बताउनुभयो ।
दलिय सहमतिबाट सबिधान जारी हुन नसक्ने अबस्थामा आए संबिधान सभाले प्रक्रियामा गएर सबिधान जारी गर्ने उहाँले बताउनुभयो ।
मन्त्री अधिकारीले जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख र क्षेत्रिय स्वास्थ्य निर्देशकलाई सरकारले दिदै आएको ७२ प्रकारको निशुल्क औषधीलाई प्रभाबकारी बनाउन र जनतालाई स्वास्थ्य सेवा शुलभ र सहज रुपमा प्रदान गर्न समेत निर्दशन दिनुभयो । पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा म्याद सकिएको औषधी बितरण भइरहेको भन्ने ब्यापक जनगुनासो आइरहेकोले यस प्रति सचेत रहन समेत उहाले निर्देशन दिनुभयो ।
उपक्षेत्रिय अस्पताललाई ब्यस्थित गर्न पहलकदमी भइरहेको बताउदै मन्त्री अधिकारीले देशभरिका ३०० दरबन्दी चिकित्सक र १४ हजार भन्दा बढी स्वास्थ्यकर्मीैहरुको अभाब भएको हुँदा दरबन्दी सिर्जना गर्नका लागि आफूले काम बढाइरहेकाले छिट्टै उपक्षेत्रिय अस्पतालमा डाक्टर सहितका स्वास्थ्यकर्मीैको जनशक्ति पूर्ति गरिने आश्वासन दिनुभयो ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष मानबहादुर साउदले प्रेस चौतारीेले तोकिएकै मितिमा संबिधान जारी गर्न प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाई सकेको जानकारी दिँदै यसतर्फ समेत मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
















प्रतिक्रिया