काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतका विदेश राज्यमन्त्री भीके सिंहबीच भेटवार्ता गरेका छन् ।
भारतमा आयोजित एक सम्मेलनमा भाग लिन दिल्ली पुगेका परराष्ट्रमन्त्री महतले मंगलबार भारतीय विदेश मन्त्रालयमै पुगेर राज्यमन्त्री सिंहबीच भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशको आपसी सम्बन्ध र सहयोगबारे छलफल भएको बताइएको छ । मन्त्री महतको यो छैठौं भारत भ्रमण हो ।












प्रतिक्रिया