३० आश्विन २०८३, शुक्रबार

अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । एक अमेरिकी कम्पनीले भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल निकालेपछि भारत रुष्ट बनेको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सो कम्पनीले गान्धीको तस्बिर सहितको चप्पल अनलाइन सप अमेजनमार्फत सार्वजनिक गरेको छ ।

भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको छ ।

विरोधपछि डोरम्याट बन्द गरेपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको खबर छ । द गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ ।