३ कार्तिक २०८३, मंगलबार

महेश बस्नेत र दीपक अमात्यले लिए मन्त्रीको सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet-deepak-amatya-sapath-oath

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त मन्त्रीद्वय दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई आइतबार पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा आयोजित समारोहमा अमात्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र बस्नेतले उद्योग मन्त्रीका रुपमा शपथ लिनुभएको हो ।

कार्यक्रममा उपराष्ट्रपति, उपप्रधानमन्त्रीद्वय, मन्त्री, नेकपा (एमाले)का अध्यक्ष एवम् वरिष्ठ नेता, संवैधानिक निकायका प्रमुख र मुख्य सचिवसहित सरकारका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । प्रधानमन्त्रीले एमालेको सिफारिसमा शुक्रबार उहाँहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।