१३ कार्तिक २०८३, शुक्रबार

पूर्वराजा शीतल निवास छिर्दा शीर्ष नेताहरु कहाँ लुके ? आएको थाहा पाउनेवित्तिकै…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन ।

पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए । नजिकै टेवलमा प्रधानन्याधीश शुसीला कार्की थिइन् । तर उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन् ।

‘पूर्वराजा पुग्नेबित्तिकै तस्बिर लिनेहरूबीच प्रतिस्पर्धाजस्तो देखिए पनि नेताहरूले देखेको नदेख्यै गर्नुभयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘अलि नजिक भएको भए कुराकानी पनि हुनसक्थ्यो होला, तर कुरा हुन पाएन ।’

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुुन, पूर्वउपराष्ट्रपति परमानन्द झासहित नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, एमाले उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, पूर्वसभामुख सुवास नेम्वाङ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत विशिष्ट कर्मचारी, सुरक्षा अंगका प्रमुख, पूर्वप्रधानसेनापति, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख सहभागी थिए । तर, ज्ञानेन्द्रसँग कसैको भेट भएन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ ।