१ कार्तिक २०८३, शनिबार

देश टुक्रयाउने माग राख्ने राउत पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK-Rawat

विराटनगर, २९ भदौ । देश टुक्राउन माग राख्दै तराईमा अभियान चलाउँदै आएका डा. सिके राउत पक्राउ परेका छन् ।

सामाजिक सद्भाव विग्रने गतिविधिमा संलग्न भएको भन्दै शनिवार मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो । भावी संविधानमा देश टुक्रयाउन पाउने अधिकार राख्न माग गर्दै उनले तराईमा अभियान संचालन गर्दै आएका थिए ।

मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता विग्रने आशयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा राउतलाई पक्राउ गरेको थियो ।

यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत राउतले ‘राज्यसँग छुट्टिन पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए ।