३० आश्विन २०८३, शुक्रबार

दसैंका लागि २५ अर्ब नयाँ नोट, बुधबारदेखि साट्ने सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्ने सुविधा बुधबारदेखि सुरु गर्ने भएको छ। यसका लागि सबै जिल्लामा नोट पठाइसकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले बुधबारदेखि नयाँ नोट साट्ने सुविधा उपलब्ध हुने बताए। ‘राष्ट्र बैंकले सबै जिल्लामा नयाँ नोट पठाइसकेको छु, उनले भने, ‘मागअनुसार नोट पठाएका छौं।’

योपटक दसैंलाई भनेर राष्ट्र बैंकले २५ अर्ब नयाँ नोट र दसैंमा विभिन्न निकायमा फन्डमा चाहिने १५ अर्ब रुपैयाँ बजारमा पठाएको छ। यसमा २५ अर्ब रुपैयाँ पूर्ण रूपमा नयाँ नोट रहेको र १५ अर्ब रुपैयाँ नयाँ र पुरानो गरेर नोट हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले एक व्यक्तिले बढीमा २२ हजार रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ। यसअनुसार पाँच रुपैयाँ, १० रुपैयाँ र २० रुपैयाँको नोट दुई बन्डल तथा ५० र सयको नोट एक बन्डल साट्न पाइने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । राष्ट्र बैंकले बनाउने एक बन्डलमा पाँच सयवटा नोट हुन्छन्।

यसअनुसार पाँच रुपैयाँको नोट एक हजार, १० रुपैयाँको नोट दुई हजार, २० रुपैयाँको चार हजार, ५० रुपैयाँको नोट पाँच हजार र सय रुपैयाँको नोट १० हजार रुपैयाँसम्म साट्न पाइनेछ।