१ कार्तिक २०८३, आइतबार

सेभिल्लाको घरेलु मैदानमा हार्यो रियल मड्रिड, अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड सेभिल्ला जोभिटिकसँग पराजित भएको छ । यससँगै रियलको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार राति भएको खेलमा सेभिल्लाले जोभिटिकले अतिरिक्त समयको गोलको मदतमा रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियलले ६७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत अग्रता लिएको थियो ।

तर, ८५ औं मिनेटमा कप्तान सर्जिओ रामोसले आत्मघाती गोल गरे र खेल १–१ को बराबरीमा पुग्यो भने जोभेटिकले अतिरिक्त समयमा गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

यो रियल मड्रिडको ६ अप्रिलपछि पहिलो हार हो । र, ला लिगामा मात्र १ अंकको अग्रता कायम छ । बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको ३९ अंक छ भने लिग लिडर रियलको ४० अंक छ । तर, उसले एक खेल कम खेलेको छ ।