१३ कार्तिक २०८३, शुक्रबार

महाधिवेशनअघि नै राप्रपा फुट्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका एजेन्डालाई साथ दिने कि एमालेका एजेन्डालाई साथ दिने भन्ने विवादले राप्रपा विभाजनको संघारमा पुगेको छ ।

२०५४ सालमा यस्तै विवाद उत्पन्न हुँदा राप्रपा विभाजित भएको थियो । तरुण साप्ताहिकले समाचार छापेको छ ।

धेरै समय समानान्तर रुपमा रुपमा दुई–तीन पार्टी भएर अघि बढेको राप्रपा गत मंसिर ६ गते एकीकरण भएको थियो । प्रतिपक्षमा रहेको राप्रपा नेपाल र सत्तापक्ष राप्रपाबीच एकीकरण भएको थियो ।

एकीकरणपछि पनि राप्रपाको एउटा पक्ष सरकारमा छ भने अर्को पक्षले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ ।