३० आश्विन २०८३, शुक्रबार

राजनीतिक सभाको कार्यविधि टुंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanकाठमाडौं, २९ भदौ । प्रमुख चार राजनीतिक दलले राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलनमा सहमति जुटेका संविधानका अन्तरवस्तुलाई प्रधानमन्त्रीमार्फत संविधानसभामा पठाउने सहमति गरेका छन्।

नेपाली कांग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी नेता सम्मिलित चारदलीय कार्यदलको शनिबार अपराह्न बसेको बैठकमा भदौ ३१ गते राजधानीमा हुने राजनीतिक सम्मेलनको विधि, प्रक्रिया र सहभागितामा पनि सहमति जुटाएको छ।

बैठकमा सहभागी कार्यदलका एक सदस्यले सम्मेलनमा सहमति जुटेका संविधानका विषयलाई प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा अध्यक्षमार्फत संविधानसभामा प्रवेश गराउने सहमति भएको बताए।

भदौ ३१ गते सोमबार हुने सम्मेलनमा संविधानका अन्तरवस्तुमा मात्र छलफल गर्ने पनि सहमति बैठकमा भएको छ। ‘सम्मेलनमा संविधानका अन्तरवस्तुमा मात्र छलफल हुनेछ,’ एमाले प्रमुख सचेतक अग्नि खरेलले भने, ‘संविधानका अन्तरवस्तुतमा जुटेका सहमतिलाई संविधानसभाले स्वामित्व ग्रहण गर्नेछ।’

चारदलीय कार्यदलमा मोेहन वैद्य नेतृत्वको नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तरवस्तु र संक्रमणकालीन राजनीतिको व्यवस्थापनका साथै मुलुकलाई दीर्घकालीन असर गर्ने सन्धि–सम्झौता तथा राष्ट्रिय महवका वियमा चारदलीय सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्ताव गरेको थियो।

त्यसका लागि उसले चार दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव अघि सारे पनि कांग्रेसरएमालेले त्यसलाई अस्वीकार गरे।

संविधानसभा भवन नयाँ बानेश्वरमा हुने सम्मेलनमा संविधानसभाभित्र रहेका ३१ दल र स्वतन्त्र सभासदका साथै नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा सहभागी हुनेछन्।

ठूला चार दल कांग्रेस, एमाले, एकीकृत माओवादी र नेकपा–माओवादीबाट पाँचरपाँच नेता सम्मेलनमा सहभागी हुनेछन् भने अन्य दलबाट एकरएक जना सहभागी गराउने सहमति भएको नेकपा–माओवादी प्रवक्ता एवं कार्यदलकी सदस्य पम्फा भुसालले जानकारी दिएको समाचार आजको नागरिक दैनिकले छापेको ।

‘संविधानका अन्तरवस्तुमा दलहरुले लिखित रुपमा आफ्ना धारणा राख्नुहुनेछ,’ प्रवक्ता भुसालले भनिन्, ‘त्यसलाई चारदलीय कार्यदलले दस्तावेजीकरण गर्नेछ।’ सम्मेलनमा चारदलीय कार्यदलका आठ नेता पनि सहभागी हुनेछन्।