१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डको अर्को प्रस्तावः कमल थापालाई पाँच, गच्छदारलाई दुई मन्त्रालय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।

राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् ।

फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एकएक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुनकुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन ।

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने शर्तमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । संसदमा राप्रपाको ३७ सीट छ भने फोरम लोकतान्त्रिकसँग १४ सीट छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।