३ कार्तिक २०८३, मंगलबार

बोगटीलाई थप उपचारका लागि विदेश लैजाने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Posta-Bahadur-Bogati

काठमाडौँ, २८ भदौ । हृदयघात र मस्तिष्कघातका कारण अचेत हुनुभएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप उपचारका लागि विदेश लाने तयारी भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका बोगटीको स्वास्थ्यमा सुधार नदेखिएपछि एमाओवादीले उहाँलाई उपचारका लागि देशबाहिर लैजान  तयारी गरेको हो ।

एमाओवादीले आइतबारसम्ममा पनि केही सुधार नभए बोगटीलाई उपचारका लागि दिल्ली लैजाने जनाएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा लगायतका नेताले अस्पतालमै पुगेर चिकित्सकसँग सल्लाह गर्नुभएको छ । आएपनि बिहीबार राति एक्कासि हृदयघात हुनुभएका बोगटी त्यसपछि भएको मष्तिष्कघातले गर्दा अहिले पनि अचेत हुनुहुन्छ ।