३ कार्तिक २०८३, मंगलबार

सहमति नभए दुई तिहाई पुर्‍याएर संविधानः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

काठमाडौँ, २८ भदौ । एमाले बरिष्ठ नेता झलनाथ खनालले एमाओवादीलाई लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

राजधानीमा शनिबार भएको युवा संघ नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले संविधानविरोधीसँगको गठबन्धन बनाएर एमाओवादीले उचित काम नगरेको दाबी गर्नुभयो ।

संविधान बनाउन नचाहनेहरुसँगको गठबन्धनले संविधान नवन्ने खतरा रहेको उहाँले तर्क गर्नुभयो । उहाँले मधेसवादी शक्तिहरुले पनि लोकतान्त्रिक संविधान निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न नसकेको भन्दै आरोप लगाउनुभयो ।

संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने चेतावनी दिनुभयो । सहमति नभए दुई तिहाई पुर्‍याएर संविधान जारी गर्ने वातावरण बनाउने उहाँको दाबी थियो ।