१ कार्तिक २०८३, शनिबार

म बोलेर होइन काम गरेर देखाउँछुः डिएसपी श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrestha

अनिल खत्री
गुल्मी, २८ भदौ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठले बोलेर होइन काम गरेर देखाउने बताउनुभएको छ ।

भर्खरै सरुवा भएर जिल्ला प्रहरी कार्यलय गुल्मीमा आउनुभएकाश्रेष्ठले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो ।

‘मैले यो गर्दैछु भनेर बोल्दै हिँड्दिन,’ उहाँले भन्नुभयो, ‘जनताहरुको चित्त बुझ्ने काम गरेर देखाउँछु ।’

उहाँले काम गर्न पत्रकारहरुको सहयोग चाहिने बताउनुभयो । ‘जिल्लाको प्रहरी प्रमुख भएपनि मैले कानुनमा टेकेर काम गर्ने हो, कानुनभन्दा माथि गएर मलाई काम गर्ने छुट छैन,’ उहाँले भन्नुभयो ।

उहाँले गुल्मी जिल्लाको शान्ति सुरक्षा लगायतका विषयमा पत्रकारहरुबाट जानकारी समेत लिनुभयो ।

जिल्लामा भएका पुराना हत्या, चोरी लगायतका केही घटनाहरुको बारेमा जानकारी लिनुभएका जिल्ला प्रहरी प्रमुखले ती घटनाहरुको छिटो भन्दा छिटो अनुसन्धान गर्नका लागि विषेश टोली खटाउने बताउनुभयो ।

साथै उहाँले चाडपर्वहरु नजिक आइरहेकाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई प्रहरीले विषेश ध्यानमा राखेर दिवा तथा रात्री गस्ती, चेकजाचलगायतका काम कारवाहीहरु अगाडि बढाईसकेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।